अत्तरिया- नेपाल नगरपालिका संघ सुदूरपश्चिम नेपालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्थानीय तहमा जाने बजेट सुनिश्चितताको साथै सबै स्थानीय तहमा रातो किताब उपलब्धताको लागि ध्यानाकर्षण गरेको छ ।






नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टद्वारा हस्ताक्षरित पत्रमा भनेको छ, “स्थानीय सरकारको आगामी आव २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट नेपालको संविधान र संघीय कानून बमोजिम अषाढ १० गतेभित्र गाँउसभा/नगरसभामा पेश गरिसक्नु पर्ने ब्यवस्था छ” ।





पत्रमा भनेका छन, संघ सरकार र प्रदेश सरकारले समयमै योजनाको विवरण उपलब्ध गराएमा दोहोरोपना लगायत प्राथमिकताको क्षेत्र समेत निर्धारण गर्न सहज हुने र सोही बमोजिम नगरपालिका/गाँउपालिकाहरुले २०८१ अषाढ १० गते सम्ममा आगामी आ.व.को नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने भएको हुँदा समयमा स्थानीय तहमा जाने बजेट सुनिश्चितताको साथै सबै स्थानीय तहमा रातो किताब उपलब्धताको लागि प्रदेश सरकारको ध्यानाकर्षण गर्दछौँ ।
स्थानीय निकायले कामकाज गर्दा समयमा प्रदेश र केन्द्रबाट योजना सुनिश्चित गरेको खण्डमा स्थानीय निकायले पनि काम काजका लागि सहज हुने गरी समयमै पालिकाले माग गरेका मध्ये योजना परेकाहरूलाई रातो किताब उपलब्धताको लागि प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन ।




