गोदावरी १ को शिव मन्दिर परिसरमा व्यायामशाला सञ्चालनको तयारीमा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. १ को पृथ्वीनगर टोलमा रहेको शिव मन्दिर परिसरमा व्यायाम गर्नका लागि व्यायामशाला सञ्चालनको तयारीमा रहेको छ ।

Dadeldhura hospital

हिन्दु धर्मावलम्बीहरूले पुज्दै आएको यस मन्दिरको परिसरमा बिहानी समयमा मर्निङ वाक तथा अन्य समयमा समय बेतित गर्न आउने मानिसहरू व्यायाम गरी निरोगी बनून् भन्नका लागि व्यायामशाला व्यवस्थापन गरेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले जानकारी दिएका हुन् ।

Navadurga sun
Godawari sandesh

सुरुवाती समयमा केही सामग्री र उपकरण छन्, बिभिन्न उमेर समूह, शहरवासीमध्ये धेरैमा देखिएका शारीरिक समस्या, स्वस्थ्य जीवनजस्ता पक्षलाई हेरेर व्यायामशालामा सामग्री तथा उपकरण प्रदेश सरकारको सहयोगबाट राख्न सफल भएका छौ, पालिकाको तर्फबाट मन्दिर परिसरमा ग्राभेल गर्ने काम र वरिपरि तार जाली लगाउने काम भएको जनाउदै, आगामी दिनमा गोदावरी नगरपालिकाले भूईमा ब्लक बिछ्‌याउने कामका लागि अगाडि बढाउने जानकारी अनुगमनका क्रममा नगर प्रमुख भट्टले बताएका छन ।

सबैलाई व्यायामशालाको भरपुर उपयोग गर्न आग्रह गर्दै यसको संरक्षण र सम्वर्द्धन गर्ने दायित्व पनि नागरिकको रहेको नगर प्रवक्ता तथा वडा न.१ का वडा अध्यक्ष गोपाल दत्त भट्टले बताए । साथै मन्दिर परिसरमा व्यायाम सामग्री स्थापना तथा व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।

Loading...