गोदावरी १ द्वारा युवा क्लबहरूलाई खेलकुद सामग्री वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १ ले खेलकुद सामग्री वितरण गरेको छ । वडाले बुधवार एक कार्यक्रमको आयोजना गरी आफ्नो वडा भित्र रहेका विभिन्न युवा क्लबहरूलाई खेलकुद सामग्रीहरू वितरण गरेको हो । खेलकुद सामग्री वडा अध्यक्ष गोपालदत्त भट्टले क्लबका खेलाडीहरूलाई हस्तान्तरण गरेका हुन् ।

Dadeldhura hospital

हस्तान्तरण पश्चात बोल्दै वडा अध्यक्ष गोपाल दत्त भट्टले खेलकुदले खेलाडीहरूलाई स्वास्थ्यमा टेवा पुग्ने साथै विश्वका विभिन्न देशहरू खेलकुदकै माध्यमबाट देशको नाम चिनाउन सफल भएका समेत बताए । अध्यक्ष भट्टले वडाका तर्फबाट हरेक वर्ष युवा क्लब तथा बालक्लबलाई खेलकुदका सामग्रीहरू वितरण गर्दै आइरहेको साथै युवाहरू खेलमा सक्रिय भए सँगै आफ्नो क्लबमा खेलमा आवश्यक पर्ने सामग्रीहरूको अभाव भएमा वडामा सम्पर्क गरी वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

Navadurga sun
Godawari sandesh

उनले क्लबका खेलाडीहरूले खेल खेल्ने कार्य छँदै छ तर युवाहरूले आफ्नो क्षेत्रमा रहेका गतिविधि विकासका कार्य लगायत अहिले बढ्दै गरेको लागूऔषध जस्ता नकारात्मक क्रियाकलापहरूलाई वडा कार्यालय सँग सहकार्य गरेर वा प्रहरीलाई खबर गरी युवाहरूद्वारा यस्ता नकारात्मक क्रियाकलापहरूमा न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।

वडा सचिव कुन्ता भण्डारीले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत वडा कार्यालयले वडा भित्र रहेका १० वटा युवा क्लबहरूलाई १ वटा भलिबल, १ फुटबल र १ जालीनेट वितरण गरिएको जानकारी दिए । यस्तै कार्यक्रम सञ्चालक सचिव कुन्ता भण्डारीले गरेकी थिइन् भने वडा अध्यक्ष गोपाल दत्त भट्टको अध्यक्षतामा वितरण कार्यक्रममा वडा सदस्य लगायत क्लबका खेलाडीहरूको सहभागिता रहेको थियो ।

Loading...