

धनगढी- कैलाली प्रहरीले तीन नाल भरुवा बन्दुक सहित ३७ वर्षीय मोहन बहादुर खत्रीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखड बाट प्रहरी नायब उपरीक्षक दीपेन्द्र बहादुर पालको नेतृत्वमा खटेको प्रहरी टोलीले घोडाघोडी नगरपालिका –१२ नकफोडुवा नजिक घरबाट लुकाइ–छिपाई राखेको अवस्थाबाट भरुवा बन्दुक सहित खत्रीलाई पक्राउ गरेको हो ।




गोप्य सूचनाको आधारमा खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले बताए । पक्राउ परेका खत्रीलाई इलाका प्रहरी कार्यालय सुखडमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।




