कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी भएको छ । लालझाडी गाउँपालिका-४ जाईमा रहेको भृकुटी बोर्डिङ स्कुलको भवनमा आइतबार आगलागी भएको हो ।

आगलागी हुँदा फर्निचर, पंखा, बोर्ड लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...