


धनगढी- कैलालीको धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१४ डी गाँउमा से ५ प ६१६० नम्बरको मोटरसाईकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतबार मृत्यु भएको हो ।



मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


मोटरसाईकल र मोटरसाइकल चालक कैलारी गाउँपालिका-८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





