धनगढी- नेपाल–भारत सीमा नजिकबाट हराएका दुई बालकको उद्धार गरी नेपाल ल्याइएको छ। जेठ ७ गते स्कुल गएका उनीहरू सम्पर्क विहीन थिए। उनीहरू घर नफर्किएपछि खोजी सुरु भएको थियो ।






बालकहरू कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ का हुन् । सहयात्री नेपाल संस्थाले विभिन्न निकायहरूसँग समन्वय गरी बालकहरूलाई शुक्रबार नेपाल ल्याएर परिवारको जिम्मा लगाएको हो ।





उनीहरूलाई भारतको राजकीय बाल गृह, शाहजहांपुरले आश्रय दिएर राखेको थियो । त्यो सूचना पाएपछि भारत पुगेर बालकहरूलाई फर्काइएको सहयात्री नेपालका अध्यक्ष ऋतिक शाहीले बताए ।
भारतस्थित नेपाली दूतावासको कार्यालय, मानव वेच बिखन अनुसन्धान ब्युरो, दोधारा चाँदनी नगरपालिका र वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारा सँगको समन्वयमा उनीहरूको उद्धार गरिएको हो ।




