इप्रका मालाखेतीमा ज्येष्ठ नागरिक संग अन्तरक्रिया

अत्तरिया- कैलालीको अत्तरियामा रहेका इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेतीले ज्येष्ठ नागरिक संग अन्तरक्रिया गरेको छ। शनीबार इप्रका परिसरमा कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले ५० जना ज्येष्ठ नागरिक संग अन्तरक्रिया गरेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

प्रहरी नायव उपरीक्षक थापाका अनुसार अन्तरक्रियाका क्रममा जेष्ठ नागरिकहरुले सार्वजनिक यातायातमा हिँड्दा आफुहरुलाई सम्मानजनक व्यवहार नहुने गरेको गुनासो गरेका छन् ।

Navadurga sun
Godawari sandesh

आफुहरु उभिएर यात्रा गर्दा ज्येष्ठ नागरिक लेखिएको सिटमा समेत अरु नै बसिराख्ने गुनासो उनीहरुले गरेका छन् । त्यस्तै राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता चार महिनामा नदिएर महिनैपिच्छे दिए आफुहरुलाई सहज हुने उनीहरुको भनाई छ ।

चल अचल सम्पत्ति हुन्जेलसम्म मात्रै सबैले माया गर्ने,त्यसपछी हेला गर्दै जाने दुखेसो समेत ज्येष्ठ नागरिकहरुले गरेको थापाले बताए । ज्येष्ठ नागरिकहरुको समस्या लगायत शान्ति सुरक्षा, अपराध नियन्त्रण समेतका बिषयमा गरिएको अन्तरक्रियात्मक कार्यक्रममा शान्ति सुरक्षा कायम गर्न महत्वपुर्ण सुझाव समेत उनीहरुले दिएको थापाको भनाई छ ।

Couple
Loading...