भिन्ना भिन्नै मुद्दाका दुई फरार दोषी पक्राउ

धनगढी- कैलालीबाट लागूऔषध र बहु बिबाह मुद्दाका दुई जना फरार दोषी पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ दिन कैद तोकिई फरार रहेको जानकी गाउाँपालिका-३ का ३९ वर्षीय अमित शाह पक्राउ परेका छन् । अमितलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh

यस्तै बहु बिबाह मुद्दामा ११ महिना २८ दिन कैद सजाय र १० हजार जरिवाना तोकिई फरार रहेको गोदावरी नगरपालिका-५ का ५१ वर्षीय सुरेश शाह पक्राउ परेका छन् । सुरेशलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट बिहीवार पक्राउ गरेको बताएको छ ।

Loading...