झोलुङ्गे पुल नबन्दा दुई गाउँका विद्यार्थीलाई समस्या

धनगढी- झोलुङ्गे पुल नबन्दा मोहना नदीपारि रहेका दुई गाउँका विद्यार्थीलाई समस्या भएको छ । कैलारी गाउँपालिका–३ मा रहेको मोहनपुर र शिवरत्नपुर गाउँका विद्यार्थीलाई समस्या भएको हो ।

आधारभूत तहसम्म पढाइ हुने विद्यालय गाउँमा नहुँदा दुवै गाउँका विद्यार्थी मोहना नदी तरेर अध्ययनका लागि पारिपट्टिको भितरिया, ‘के’ गाउँ र हसुलिया पुग्ने गरेका छन् । पारिपट्टिका गाउँसँग जोड्नका लागि झोलुङ्गे पुल छैन । मोहनपुरमा रहेको झोलुङ्गे पुलको पिल्लर मात्रै निर्माण भएको छ भने शिवरत्नपुरमा पनि पुल निर्माण अलपत्र छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पुल नहुँदा आफूहरूले धेरै दुःख कष्ट गरेर विद्यालय सम्म आउजाउ गर्ने गरेको जनकल्याण मावि कक्षा १० मा अध्ययनरत आशिका चौधरीले बताईन् । उहाँले वर्षायाममा नदीमा बाढी आएपछि वारपार गर्न नसकेर पढाइ छुट्ने गरेको बताईन् । नदी वारपार गर्न नसकेका कारण कुनै बेला परीक्षा पनि छुट्ने गरेको विद्यार्थीको भनाइ छ । उनीहरूले झोलुङ्गे पुल चाँडै बने आफूहरूलाई सहज हुने बताएका छन् । झोलुङ्गे पुल हालसम्म नबनेकोमा गुनासो गर्दै कक्षा १० मा अध्ययनरत अर्का विद्यार्थी महिमा चौधरीले नदीमा पुल नहुँदा धेरैको भविष्य नै अन्धकार बनेको बताईन्

नदी तर्नुपर्ने कारणले कतिपय विद्यार्थीले बिचमै विद्यालय छोड्ने गरेको उनको भनाइ छ । उनले भनिन् ।, “गाउँमा ५ कक्षासम्म पढिसकेपछि कतिपय विद्यार्थीको त्यहीँबाटै औपचारिक रूपमा पढाइ सकिन्छ । विद्यालय टाढा छ, त्यसैमा पुल नहुँदा बर्खाका आधा जति समय पढाइ छुट्ने गरेको छ ।” स्वास्थ्य सेवा लिनका लागि पनि दुवै गाउँवासीले सास्ती खेप्नु परेको छ । आफ्नो गाउँमा खोप केन्द्र नहुँदा उनीहरू नदी तरेर पारिरहेको स्वास्थ्य केन्द्रमा खोप लगाउनका लागि पुग्ने गरेका छन् ।

झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले धेरै दुःख भोग्नु परेको वडा सदस्य सैतुराम चौधरीले बताए । उनले पुलको पिल्लर जोगाउनका लागि नदीमा जैविक तटबन्ध गरिएकाले पुल बन्नेमा आफूहरू विश्वस्त रहेको उल्लेख गर्नुभयो । वडा कार्यालयको आर्थिक सहयोगमा जैविक तटबन्ध निर्माण गरिएको छ ।

Loading...