गोदावरी ९ को वडा भेला सम्पन्न, ७० लाख ८८ हजार ४७३ रुपैयाँ बराबरको बजेट सार्वजनिक

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । वडाले मंगलबार वडा भेला मार्फत वडा अध्यक्ष रामलाल रानाले ७० लाख ८८ हजार ४७३.४६ को बजेट सार्वजनिक गरेकी हुन् । जसमा भौतिक पूर्वाधार विकास तर्फ ४० लाख, सामाजिक विकास तर्फ १४ लाख  विनियोजन गरिएको वडा अध्यक्ष रानाले बताएका छन।

त्यसैगरी आर्थिक विकास तर्फ ९ लाख, वातावरण तथा विपद् व्यवस्थापन  तर्फ  तथा वातावरण लागि ५० हजार सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकास तथा अन्य खर्चका लागि ५ लाख ३८ हजार ४७३.४६  बजेट विनियोजन गरिएको छ ।
वडा अध्यक्ष राम लाल रानाको अध्यक्षतामा आयोजित वडा भेला कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा नगर उप प्रमुख शारदा देवी रोकाया, नगर प्रवक्ता तथा वडा न १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट, वडा नं ८ का वडा अध्यक्ष गोविन्द चौधरी लगायत राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडाबासीको सहभागिता रहेको छ।

godawari10 Mahila hinsa
Navadurga sun

यस वडा भेलामा स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण, संरक्षण, तटबन्धन लगायतका योजनाहरूमा खर्च गरिने बताईएको छ ।
आर्थिक क्षेत्रमा वडाले ९ लाख रुपैयाँ विनियोजन गरेको छ । वडाध्यक्ष रानाका अनुसार उक्त बजेटबाट रोड, कृषि तथा पशुपंक्षी, सिँचाई, गाई भैसी पालन व्यावसायिक कृषि प्रणाली,  सांस्कृतिक तथा पर्यटन, गरीबी निवारण लगायतका योजनाहरू सञ्चालन गरिने छन ।

Dadeldhura hospital

कार्यक्रमका प्रमुख अतिथि मेयर विरेन्द्र भट्टले यस पालिका अन्तर्गतका विभिन्न वडामा रहेका नागरिकहरू गुनासा र मागहरू लिने क्रम जारी रहेको र जनताका अधिकार तथा गाउँ बस्तीमा आएका समस्यालाई क्रमिक रूपमा आवश्यकता पहिचान गरी एक एक गरि क्रमिक रुपमा काम गरेर देखाउने बताएका छन् ।

यस क्षेत्रको प्रमुख समस्या भनेको सडक बाटो, नदी कटान रहेको र यस क्षेत्रको विकास र जनताको बस्ती लाई जोगाउन UNSAID को जनता तटबन्धनको काम क्रमिक रुपमा काम हुँदै गरेको र आगामी वर्ष यस वडाका ग्रावेल सडकहरू कालोपत्रेका लागि काम अगाडि बढाउने बताएका छन् ।

जननिर्वाचित व्यक्तिबाट सबै कुरा सम्भव नहुने उनको भनाई रहेको छ । गोदावरीमा छाडा चौपाया रोक्नका लागि गौशाला निर्माण गर्दा स्थानीयहरु विरोध गरेको उनको भनाई छ । सबैको छलफल र हात्तेमालो गरी गोदावरी नगरपालिकामा भएका समस्याहरू क्रमिक रुपमा समाधानका अगाडि बढेको मेयर भट्टले बताए ।

स्थानीय सरकार आत्मनिर्भर हुन सकेको छैन् , संघीय सरकार सँग भरपर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘गोदावरी नगरपालिका अन्तरगत रहेको अत्तरिया सडकमा बत्ती बाल्नका लागि पैसा बुझाएको १८ महिना भयो’, उनले भने ‘कागजी प्रक्रिया भई रहेको छ । बत्ती बल्छ ।’ नगरका १२ वटै पालिकामा जग्गा नापीको कार्य सम्पन्न भएको बताउँदै उनले चाँडै राष्ट्रिय भूमि आयोगले पुर्जा दिने उनले बताए । नगरको शिक्षा क्षेत्र सुधारका लागि अगाडि बढेको उनले बताए ।

कार्यक्रममै बोल्दै गर्दा विकासमा केही गरेन भन्नेहरुका लागि मेरो कार्यकालमा जनतालाई एक एक गरी गरेका कामलाई पारदर्शी रुपमा भए नभएको काम देखाएर छाड्ने त बिगतको मेयरसापकोबर्षे कार्यकाल भन्दा अहिलेको मेरो २ बर्षे कार्यकालमा बढी र उपलब्धि मूलकली  काम भएको बताएका छन । पालिकामा नयाँ योजना सहित काम गर्न खोज्दा प्रतिपक्ष साथिहरुले विरोध गर्ने परिपाटी जस्तै सबै लागेका देखिन्छन्, म मेरो बाँकी रहेको कार्यकाल मा केही काम गरेर देखाउने बताएका छन्, सबै नगरबासीले साथ दिन अनुरोध गरेका छन् ।

Loading...