कैलालीको गोदावरी नगरपालिकाद्वारा कुमिझाल चौकी गाउँका लागि पाइप वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ को दुर्गम गाउँ टोल कुमिझाल चौकीमा खानेपानी आयोजनाका लागि पाइप वितरण गरेको छ ।

Dadeldhura hospital

यस ठाउँमा २०६० सालमा नेवा संस्था खानेपानी संस्थानले खानेपानी आयोजना निर्माण गरेको पुरै जीर्ण भएको, मछेली खोलाले बगाई लगेको र कुमिझाल चौकी गाउँ टोलमा खानेपानी निकै अभाव भई मछेली खोलाको फोहोर धमिलो दुषित पानी खान बाध्य थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

गोदावरी नगरपालिका वडा नं १२ वडा कार्यालयको आ.व.२०८०/०८१ को ४ लाख बजेट सेलापाटे मूल खानेपानी मर्मत सम्भारका लागि र संघीय नेपाल सरकार खानेपानी मन्त्रालयको आ.व. २०८०/०८१ को ९ लाख अनुदानको बाट खानेपानी ३ वटा ईन्टेक निर्माण तथा पाइप लाइन विस्तार वडाको बजेटबाट काम सम्पन्न भएको थियो । केहिदिन अगाडि यस ठाउँमा १२ वटा नयाँ धाराहरू निर्माण र खानेपानी नयाँ १२ घनमिटरको टंकी निर्माण कार्य सम्पन्न भएको थियो । 

गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले वडा नं. १२ का वडा अध्यक्ष भिम बहादुर खड्काको पहलमा ग्वासी मन्दिरको ईन्टेक देखि टेचन क्रसिङ्गकुमिझाल सम्म नयाँ पाइप लाइन विस्तारका लागि गोदावरी नगरपालिकाबाट ६३ M.M. को ५०० मिटर पाइप उपलब्ध गराएका थिए । वर्षातको समयमा यस क्षेत्रमा पानीको समस्या लाई समाधानका लागि पाइपको माध्यम बाट गाउँ बस्ती पानी वितरण हुनेछ ।

Loading...