


अछाम- अछाममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१४ पातलकोटका ४१ वर्षीय पदम बोहराको आइतबार करेन्ट लागेर मृत्यु भएको हो ।



विद्युतको कर्मचारी नभएको बेला सोही ठाउँको सरस्वती आधारभुत विद्यालय भासुबन नजिकै रहेको विद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर बोहरा घाईते भएका थिए ।


उनलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





