करेन्ट लागेर एक जनाको मृत्यु





बझाङ, १६ साउन- बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगपालिका वडा नं. २ रैसेल्लीका अन्दाजी २१ वर्षीय कलक बहादुर जाग्रीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुंगल झापाका सई भरत विकले जानकारी दिए ।


जाग्री केहि बर्ष देखि बुंगल नगरपालिका वडा नं.४ विजगडामा होटेल व्यवसाय गर्दै आएको खुलेको छ । जाग्रीको करेसा बारी नजिकै रहेको कुखुरा फारममा छोडेको करेन्टले करेसा बारीमा काम गर्ने क्रममा करेन्ट लागेर जाग्रीको मृत्यु भएको सई विकले बताए ।



