अनधिकृत संरचना हटाउँदा नागरिकलाई घरबारविहीन नबनाइने: रवि लामिछाने

काठमाडौं- रास्वपा सभापति रवि लामिछानेले सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन बन्न नदिने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा सभापति लामिछानेले जनतालाई आतंकित पार्ने काम केन्द्र सरकारबाट नभएको समेत दाबी गरे ।

Navadurga sun

‘अव्यवस्थित बसोबास, भूमिहीन सुकुमवासीको हकमा शक्तिशाली प्राधिकरण या आयोग बनेर त्यसले गरेको निर्णय कार्यान्वयन हुन्छ,’ लामिछानेले भने, ‘तर, खतरापूर्ण ठाउँमा, नदी किनारमा, पहिरो आउने, बाढीले बगाउने ठाउँमा बसेका नागरिकहरूलाई जतिसक्दो चाँडो स्थानान्तरण गर्नुपर्ने हुन्छ । त्यसो हुँदा उहाँहरूलाई घरबारविहीन बनाइने छैन । यो रास्वपाको, यो सरकारको निर्णय हो ।’

उनले असुरक्षित भएका बसोबासलाई तत्काल सम्बोधन भएको भन्दै काठमाडौंको जस्तै देशैभर सूचना जारी भएको बताए ।

‘असुरक्षित बसोबासलाई तत्काल सम्बोधन गरेको हो । काठमाडौंको हकमा सुरुदेखि नै सूचना गएका छन् । देशैभरका भूमिहीन सुकुमवासीलाई पनि यही  सन्देश जारी गर्न चाहन्छु । जुन तरिकाले आतंकित पार्ने काम भएको छ, केन्द्र सरकारले गरेको निर्णय पनि यही हो,’ उनले भने ।

ADD Khali jpg
ADD Khali jpg
Loading...