
डडेल्धुरा- डडेल्धुराका दुई बालक बेपत्ता भएका छन्। अजयमेरु गाउपालिका-२ टिटाली बस्ने टेकबहादुर शाह र सुरेश शाह दाजुभाईका दुई छाेरा ११ वर्षीय अमृत र ९ वर्षीय ललित बेपत्ता भएका हुन् । शनिबार बेलुकी पाँच बजेदेखि गाउँबाटै सम्पर्क विहीन भएको पारिवारिक स्रोतले जनाएको छ।



उनीहरू सम्पर्कमा नआएकाले कसले कतै देखेमा नजिकैको प्रहरी कार्यालय बुझाइदिन अनुरोध गरिएको छ । यसका साथै मोबाइल नम्बर 9848881825 र 9848768479 मा फोन गरेर जानकारी गराइदिन पनि आग्रह गरिएको छ ।




