

अत्तरिया- कैलालीको गोदावरीका संस्थागत निजी विद्यालयहरूले ३ दिन गर्मी बिदा थप गरेका छन । हिजो बसेको संस्थागत विद्यालयहरूको बैठकले गर्मी कार्यमै रहेकाले २७, २८ र २९ गते बिदा थप गर्ने निर्णय गरेका हुन ।



गोदावरी नगरपालिकाले गर्मी बढेको भन्दै जेठ १९ देखि २५ गते सम्म बिदा दिने निर्णय गरेको थियो । हिजो शनिबार विद्यालय बन्द रहेकोमा आज देखि सामुदायिक विद्यालय भने सञ्चालनमा आएका छन ।








