


कञ्चनपुर- कञ्चनपुरमा रुखमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दोधाराचाँदनी नगरपालिका–४ पिपलचौतारामा हावाहुरीले रूख ढल्दा एक महिलाको च्यापिएर मृत्यु भएको छ ।


दोधाराचाँदनी नगरपालिका–४ की ५० वर्षीया हीरादेबी बडुवाल सीमलको रुखमा च्यापिएर घाइते भएकी थिइन । उनको उपचारको क्रममा भारतको खटीमामा रहेको स्वस्तिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।





