क्षमता बढाउन अनुभव आदान प्रदान कार्यक्रम उपयुक्त

धनगढी- सुदूरपश्चिम प्रदेश सभाका सदस्यले अघिल्लो प्रदेश सभा सदस्यको अनुभवबाट आफूहरूलाई काम गर्न सहज हुने बताएका छन् । आइतबार धनगढीमा आयोजित अनुभव आदानप्रदान कार्यक्रममा प्रदेश सभा सदस्यले सो कुरा बताएका हुन । 

Ganyapdhura gau

कार्यक्रममा अघिल्लो प्रदेश सभाको सामाजिक विकास समितिका सभापति कुन्ती जोशी, विधायन समितिका सभापति नेपालु चौधरी, सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बमले आफूले गरेका कामको अनुभव सुनाउनु भएको थियो । सो अवसरमा हालका सामाजिक विकास समितिका सभापति माया पन्त आफूहरूले गरेका कामको बारेमा जानकारी गराउँदै अनुभव आदानप्रदानलाई निरन्तरता दिनु पर्ने बताउनुभयो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रदेश सभालाई प्रभावकारी बनाउन विषयगत समितिको मुख्य भूमिका हुने भएकोले क्षमता अभिवृद्धिका लागि समेत यस्ता अनुभव आदानप्रदान कार्यक्रम निरन्तर गरिनु पर्ने प्रदेश सभा सदस्य जुना दानीले बताउनुभयो । उहाँले समितिले आफैले समेत यस्ता कार्यक्रम आयोजना गराउनुपर्ने धारणा पनि राख्नुभयो ।

कार्यक्रममा उपसभामुख कोइलीदेवी चौधरी, प्रदेश सभा सदस्य जानकी ऐर बम, लक्ष्मी वि क, हिरा सार्की, ललिता सुनारले अनुभव आदान प्रदान कार्यक्रमले आफूहरू जस्ता महिला तथा सीमान्तकृत समूहका सदस्यको क्षमता सुधारमा सहयोग पुग्ने बताउनु भएको थियो ।

सोही अवसरमा प्रदेश सभाका तत्कालीन लेखा अधिकृत तीर्थ राज ओझाले प्रदेश सभा सदस्यले सेवा सुविधा लिँदा ध्यान पुगाउनु पर्ने विषयमा जानकारी दिनु भएको थियो । कार्यक्रममा संयुक्त राष्ट्र सङ्घको संसद् सहयोग परियोजनाका क्यारिना श्रेष्ठ र फाया नेपालका सच्चिदानन्द जोशी सो कार्यक्रमको औचित्य र उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।

Couple
Loading...