चोरी मुद्दामा फरार एक युवक पक्राउ

Dadeldhura hospital

धनगढी- चोरी मुद्दामा फरार धनगढीको एक युवक पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र ५ हजार जरिवाना ठहर भएपछि फरार रहेका धनगढी उपमहानगरपालिका-१३ का २५ वर्षीय रोशन चौधरी पक्राउ परेका हुन् । 

चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार धनगढी उपमहानगरपालिका-५ तारानगरबाट पक्राउ गरि कारागार कार्यालय कैलालीमा पेश गरेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...