धनगढीमा युग सुहाउँदो शिक्षाको विषयमा कार्यशाला गोष्ठी

धनगढी- शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाएर अहिलेको युग सुहाउँदो बनाउन धनगढीमा कार्यशाला गोष्ठी गरिएको छ । लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट काठमाण्डौले धनगढीमा कार्यशाला गोष्ठी गरेको हो । शिक्षण पद्धतिमा देखिएको नौलो आयाम, संवेदनात्मक चेतनाको विकास, व्यवहारिक जीवनमा शिक्षाको प्रयोग लगायतका विषयमा छलफल गरिएको छ ।

कलेजका प्रधानाध्यापक डाक्टर मित्रबन्धु पौडेलले शिक्षक तथा विद्यार्थीमा देखिने तनाव, अध्ययन अध्यापनको चुनौति कम गराउन शिक्षक बिच शिक्षण सिकाइ कार्यक्रम आयोजना गरिएको बताए । गोष्ठीमा प्रशिक्षक समेत रहेका पौडेलले शिक्षण क्षेत्रमा देखिएको चुनौति र निराशालाई न्यूनीकरण गर्दै शिक्षकले अध्ययनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

Navadurga sun

शिक्षक र विद्यार्थी बिच सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक शिक्षण आवश्यक हुनुपर्ने बताउँदै उनले विद्यार्थीसँगै अध्यापन गराउने शिक्षकमा समेत संवेदनात्मक चेतको ज्ञान हुनु पर्ने बताए। लिटिल एन्जल्स कलेज अफ म्यानजमन्टकी डाक्टर स्मृतिकला पन्तले शैक्षिक गुणस्तर कायम गर्न शिक्षक स्वयं जिम्मेवार हुनुपर्ने बताइन् । उनले वर्तमान युग सुहाउँदो शिक्षाको लागि शिक्षक अध्ययनशील हुनुपर्ने बताइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...