कैलाली र डडेल्धुराबाट फरार दुई जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलाली र डडेल्धुराबाट फरार दुई जना पक्राउ परेका छन् । विविध मुद्दामा फरार कैलालीको जानकी गाउँपालिका–९ की ३२ वर्षीया चन्द्राकुमारी शाहीलाई इलाका प्रहरी कार्यालय टीकापुरले विहीबार नियन्त्रणमा लिएको छ । उनलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उता डडेल्धुराबाट पनि एक जना फरार दोषी पक्राउ परेका छन् । अवैध हातहतियार मुद्दामा फरार जिल्लाको अजयमेरु गाउँपालिका–६ का ४२ वर्षीय बिरसिंह भण्डारीलाई अस्थायी प्रहरी पोष्ट राजुलबाट खटिएको प्रहरी टोलीले घरबाटै नियन्त्रणमा लिएको हो ।

Navadurga sun
Godawari sandesh
Loading...