बझाङमा ७० वर्षीया ठुली आमाको हत्या आरोपमा युवक पक्राउ

बझाङ- बझाङमा ७० वर्षीया ठुली आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका–११ तल्लो मौरेबाँजका ३६ वर्षीय हरजित बहादुर पातलीले ठुली आमा कलुली देवी पातलीको हत्या गरेका हुन्। उनले मङ्गलवार राति मादक पदार्थ सेवन गरेर ठुली आमा नता पर्ने कलुली देवी लाई कुटपिट गरेका थिए ।

उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । अस्थायी प्रहरी पोस्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय, बझाङको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...