बगेर बेपत्ता भएका दुई जना मृत फेला

दार्चुला- दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जना मृत फेला परेका छन् । जिल्लाको मार्मा गाउँपालिका वडा–५ मुरै स्थित गन्याड खोला तर्ने क्रममा बेपत्ता भएका दुबै जनाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

खोला तर्दै गर्दा भेल आएपछि २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विकलाई खोलाले बताएको थियो । हिजो साँझ करिब ६ बजे प्रहरीलाई उनीहरु बगेर बेपत्ता भएको सूचना प्राप्त भएको र रातभरि खोजी गर्दा आज बिहान करिब ९ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

Navadurga sun

बेपत्ता भएर मृत फेला परेका दुवै जना नातामा काकी भतिज पर्छन् । उनीहरूलाई खोज्दै जाँदा सोमबार आज २ सय मिटर तल बासखोलामा मृत फेला परेका थिए । अहिले पोस्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...