


धनगढी- कैलालीको धनगढीमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । शनिबार साँझ धनगढी उपमहानगरपालिका–८ बुद्ध चोकका २६ वर्षीय नविन चौधरी २ ग्राम ५२० मिलिग्राम लागूऔषध सहित पक्राउ परेका हुन् ।


उनलाई २५ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

