अत्तरिया- वान वे डान्स क्याम्पले कैलालीको अत्तरियामा आयोजना गर्न लागेको गोदावरी नगर स्तरीय किड्स डान्स च्याम्पियनसिपको पहिलो चरण शनिबार सम्पन्न भएको छ ।
अत्तरियाकै क्याबिनेट रिर्सोटमा आयोजना गरिएको च्याम्पियनसिपको पहिलो चरणमा २१६ जना विद्यार्थी सहभागि भएकोमा ७४ जना उत्तीर्ण भएका छन् भने ८५ जनालाई वेटिङमा राखिएको आयोजक वान वे डान्स क्याम्पका सञ्चालक नरेश बिसीले बताएका छन् ।



बाँकी सहभागि अनुत्तीर्ण भएका छन् । च्याम्पियनसिपको दोस्रो चरण जेठ १९ गते शनिबार हुने आयोजकले जनाएको छ । असार १२ गते सम्म सञ्चालन हुने च्याम्पियनसिपमा प्रथम हुनेले २० हजार १ सय १५ रुपैयाँ नगद पुरस्कार पाउने वान वए डान्स क्याम्पका सञ्चालक नरेश विकले जानकारी दिए ।
त्यस्तै द्वितीय हुनेले १० हजार १ सय १५ रुपैयाँ पुरस्कार पाउनेछ भने तृतीय स्थान हासिल गर्नेले ५ हजार १ सय १५ रुपैयाँ पुरस्कार पाउने आयोजक वान वए डान्स क्याम्पले बताएको छ ।
च्याम्पियनसिपको प्रमुख प्रायोजकमा लोटस आइ मावि रहेको छ भने प्रायोजकमा एभरेस्ट एकेडेमी रहेको छ । त्यसैगरी सह प्रायोजकमा साधना पथ एकेडेमी, किड्स जोन एकेडेमी, ज्ञान ज्योति मावि तेघरी, संघर्ष क्याफे र क्याबिनेट रिसोर्ट रहेका छन् ।
सत्यवती एकेडेमी, सुनगाभा मन्टेश्वरी, चौलानी ड्रेस कलेक्सन, माइकिज क्याफे, बिके कन्ट्रक्सन, तेडी चस्मा सेन्टर र जनकल्याण माविले ब्यानर प्रायोजन गरेका छन् ।
