कैलालीमा १० लाख बढीको अवैध सामान सहित ट्याक्टर प्रहरीको नियन्त्रणमा

अत्तरिया- कैलालीका विभिन्न स्थानबाट प्रहरीले १० लाख बढीको भन्सार छलिको सामान सहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका-१ एलएनचोक, धनगढी-७ मनेहरा स्थित पेट्रोल पम्प र गोदावरी नगरपालिका-४ गोदावरीबाट भन्सार छलि गरि ल्याएका सामान प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको हो ।

Navadurga sun
Godawari sandesh

अन्दाजी १० लाख १३ हजार २ सय मुल्य बराबरको थान कपडा, डोर म्याट, चप्पल, गहुँ र से १ त ७५४८ नम्बरको ट्याक्टर वेवारीसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सामानसहित ट्याक्टरलाई भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...