


प्रकाश बहादुर बोहरा/अत्तरिया- कैलालीमा लागूऔषध दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरिएको छ । धनगढी उपमहानगरपालिका २ नं. वडा कार्यालय कैलालीको आर्थिक सहयोग तथा सक्रिय सामुदायिक विकास केन्द्र धनगढी कैलालीको आयोजनामा बुधबार देखि धनगढी-२ स्थित शारदा मा.वि.बैयाबेहडीबाट उद्घाटन सत्र अन्तर्गत जनचेतनामूलक कार्यक्रमको सुरुवात गरेको हो । जनचेतना मूलक कार्यक्रम ९ गते सम्म सञ्चालन हुने जनाइएको छ ।


उक्त जनचेतनामूलक कार्यक्रम अन्तर्गत भोली (बिहीबार) धनगढी २ मा रहेको नवदुर्गा मा.वि. मा सञ्चालन गरिने छ भने त्यसैगरी धनगढी वडा नं. २ का विभिन्न टोल समुदायहरूमा सञ्चालन गरिने संस्थाका संयोजक राजेन्द्र नेपालीले जानकारी दिए ।



उक्त सञ्चालित जनचेतनामूलक कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नं.२ का वडा अध्यक्ष धर्मराज ओझा रहेका थिए भने विशिष्ट अतिथि प्रहरी वरिष्ठ नायब निरीक्षक भरत नाथ योगी रहेका थिए ।
त्यस्तै अतिथिहरूमा प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर मल्ल, सन्देश नेपालका पवन शेरचन, सेती प्रादेशिक अस्पताल धनगढीका सामाजिक सेवा इकाई प्रमुख गौरीदत्त जोशी, शारदा मा.वि.का शिक्षक दिर्घराज कापडी लगायतको उपस्थिति रहेका थिए ।
जेठ ९ गते सम्म सञ्चालन गरिने जनचेतनामूलक कार्यक्रम अन्तर्गत आज (बुधबार) भएको जनचेतनामूलक कार्यक्रममा उक्त विद्यालयका १ सय जना विद्यार्थीहरू सहभागि रहेको कार्यक्रमको सञ्चालन संस्थाका संयोजक राजेन्द्र नेपालीले गरेका थिए ।





