कञ्चनपुरबाट २ लाख बराबरको भन्सार छलिका सामान बरामद

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले २ लाख  मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवा, बेलौरी नगरपालिका–१ फटैया बैसाखी, पुनर्वास नगरपालिका–४ “घ” गाँउ र ११ नम्बर वडा डोकेबजारबाट भन्सार छलिका अन्दाजी १ लाख ७६ हजार ३८० मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

बरामद गरेको सामान पेय पदार्थ, स्कुलको टाई, बेल्ट, बेल्टको कडा, टाइल, नल्काको डोल्ची, वासर, ग्याँसको रेगुलेटर, ग्यासको बर्नर, ग्यास पाइप, माछा लगायतका सामान भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...