कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

Dadeldhura hospital

धनगढी- कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले उनको नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्ने क्रममा माटोको ढिस्कोमा च्यापिएर मृत्यु भएको बताए । सिजापतीको पोष्ट माटम गरि शव उनका आफ्न्तले बुझिसकेको बताइएको छ ।

Loading...