कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न ३ पक्राउ

Dadeldhura hospital

अत्तरिया- कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न ३ युवा युवती पक्राउ परेका छन । कैलालीको अत्तरिया स्थित गोदावरी नगरपालिका-२ रिङरोड स्थित निसा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै ३ जना युवा युवतीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन । पक्राउ पर्नेमा एक पुरुष र २ महिला रहेका छन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...