गोदावरी होटेल व्यवसायी संघ को आयोजनामा ७ दिने नेतृत्व विकास तालिम शुरु

अत्तरिया- कैलालीको अत्तरियामा रहेको गोदावरी होटेल ब्यबसायी संघ को आयोजनामा ७ दिने नेतृत्व बिकास तालिम शुरु भएको छ । गोदावरी नगरपालिका -२ को  आर्थिक सहयोगमा उक्त तालिम को शनिबार नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया ले उद्घाटन  गरिन । संघका अध्यक्ष लक्ष्मण धामी को सभापतित्वमा भएको उद्घाटन कार्यक्रम को विशिष्ट अतिथि सङ्घकी केन्द्रीय उपाध्यक्ष धना चोखाल थिइन् ।

Ganyapdhura gau
Dadhaldhura pur

सम्बोधन गर्दै  संघका सल्लाहकार संयोजक डा. डम्बर बहादुर  पाल, इप्रका मालाखेती का डिएसपी गंगा बहादुर थापा, कानुनी सल्लाहकार देबराज भट्ट, संस्कृति कर्मी लिला बास्कोटाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मुख्य  प्रशिक्षण सञ्चारकर्मी  गोविन्द रोस्यारा ले गरिरहनु भएको छ।  

Navadurga sun

उद्घाटन सत्र को कार्यक्रम सञ्चालन संस्थाकी प्रेस सल्लाहकार शारदा फुलारा ले गरेकी थिइन् भने स्वागत संस्थाका महासचिव रबिन्द्रले गरेका थिए। प्रशिक्षणमा ३० बढी होटेल व्यवसायीहरू को सहभागिता रहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...