


धनगढी- कैलालीका दुई फरार दोषी पक्राउ परेका छन् । सवारी ज्यान मुद्दामा २ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–५ का रोशन पन्त र वन ज्यान मुद्दामा ३४ हजार ८७४ जरिवाना तोकिएका लम्कीचुहा नगरपालिका–१ का जनक हमाल पक्राउ परेका हुन् ।


अदालतबाट दोषी ठहर तर फरार रहेका दुबै जनालाई मंगलवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहराले बताए । दोषी ठहर दुबै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ ।

