कैलालीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

टीकापुर- कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मङ्गलबार बिहान १० बजेतिर खोटेना भुराखानी सामुदायिक वनमा घाँस काटन गएकी टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ४४ वर्षीया जसु देवी बटालालाई हात्तीले आक्रमण गरेपछि मृत्यु भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

समूहमा घाँस काटन गएकी महिला हात्ती देखेपछि भागेका थिए । सँगै गएकी जसु देवी नफर्केपछि फर्केर हेर्न जाँदा हात्तीले मारेर फालेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकेन्द्र अवस्थीले जानकारी दिए । जुस देवीको घाँटीमा चोट लागेको, नाकबाट रगत बगेको देखिएको छ। मृतक बटालाको शव टीकापुर अस्पताल ल्याउने तयारी भइरहेको छ ।

Navadurga sun
Godawari sandesh

बर्दिया राष्ट्रिय निकुञ्जबाट हात्ती कर्णाली वारीका जङ्गलमा आएर बस्ने गरेको र बेलाबेला मानिसलाई आक्रमण गर्ने गरेको छ । २०७९ असारको पहिलो साता पनि टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ५० वर्षकी टङ्क सोडारीको पनि हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।

Loading...