धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयरको जहाज भैरहवामा आपतकालीन अवतरण

धनगढी- धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ । बिहान ७ :१२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाण्डौंमा अवतरण गर्न सकेन ।
आकाशमा अढाई घण्टासम्म उडेको श्री एयरको जहाज काठमाण्डौंमा अवतरण गर्न नसकेपछि फर्केर ९ : ३४ भैरहवामा आपतकालीन अवतरण गरेको हो । ८० सिट क्षमताको जहाजमा २ बच्चा सहित ७७ जना यात्रु सवार थिए । श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले काठमाण्डौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको बताए ।

तर काठमाण्डौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाण्डौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए । अढाई घण्टासम्म जहाज सम्पर्क बिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु आत्तिकएका थिए । ५० मिनेटमा काठमाण्डौंमा अवतरण हुनुपर्ने जहाज एक घण्टापछि पनि सम्पर्क बिहीन भएपछि त्यसपछि यात्रुका आफन्तहरुले तारन्तार श्री एयरलाईन्समा कल गरेका थिए ।

Navadurga sun

धनगढीबाट उडेको जहाजले काठमाण्डौंको आकाशमा डेढ घण्टा भन्दा फन्को लगाएको थियो । यात्रुहरुका अनुसार बिमान स्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए। कोटेश्वर नजिकबाट बिमानस्थल देखिई सकेको थियो । तर जहाज धावनमार्गमा अवतरण नगरी अचानक माथि उड्यो। त्यसपछि भने बिमानमा रहेका यात्रुहरुको रुवावासी चल्यो ।

यात्रुहरु निकै आत्तिएका थिए। यात्रुहरुले बिमान परिचारिकासंग जहाजमा खरावी आएको वा मौसम खरावका कारण अवतरण गर्न नसकिएको हो भन्ने विषयमा जानकारी लिन खोज्दा सही जवाफ नपाएको गुनासो गरेका छन् ।जहाजमा रहेकाहरुमा बाँच्ने आशा समेत क्षीण भईसकेको थियो । काठमाण्डौंबाट फिर्ता भएको जहाज धनगढीबाट उडेको झण्डै अढाई घण्टापछि भैरहवामा अवतरण भएपछि पनि जहाजमा रहेका यात्रुहरु रोईरहेका थिए । उनीहरु निकै डराएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...