विभिन्न स्थानबाट लागूऔषध सहित धनगढीका ५ जना पक्राउ

धनगढी- कैलालीको धनगढीका ५ जना विभिन्न स्थानबाट लागूऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट १ ग्राम ३१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित धनगढी–१३ बस्ने २८ वर्षीय घुमन राना बुधवार दिउँसो पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलील रानाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी स्थित रिंङ रोडबाट १ ग्राम १६० मिलिग्राम लागू औषधसहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रतिक चौधरी सहित दुई जना बुधवार साँझ पक्राउपरेका छन्। यी दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Navadurga sun

यस्तै धनगढी उपमहानगरपालिका-८ धनगढीगाँउबाट ८७० मिलिग्राम लागूऔषध सहित सोही ठाउँ बस्ने २८ वर्षीय हरीलाल राना र ३४ वर्षीय रामबिलाश रानालाई पनि बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दुबैको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका ५ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...