एमाले ओली समूहका प्रेम आलेसहित केही सांसदले दिए देउवालाई विश्वासको मत





काठमाडौं, ३ साउन- नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
आइतबार संसदमा भएको मत विभाजनमा प्रेम आले, किसान श्रेष्ठलगायत सांसदले देउवाको पक्षमा मतदान गरेका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले देउवालाई मतदान नगर्ने र कसैले गरेमा त्यो एमाले नरहने निर्णय गरेको थियो।
देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नै विभाजित भइरहेको अवस्थामा ओली समूहका केही सांसदले देउवालाई विश्वासको मत दिएका हुन् ।



