कैलालीबाट लागूऔषध सहित ४ जना पक्राउ

धनगढी- कैलालीमा १ युवती सहित ४ जना लागूऔषध सहित पक्राउ परेका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

कैलालीको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित गोदावरी नगरपालिका-१ बस्ने २० वर्षीया अन्जली सुनार र सोही ठाउँबाट १ ग्राम खैरो हेरोईन सहित गौरीगंगा नगरपालिका-२ बस्ने २८ वर्षीय सन्जय साउंदलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दुबै जनाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

Navadurga sun

यस्तै धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट ७५० मिलिग्राम खैरो हेरोईन सहित गोदावरी नगरपालिका-१२ ओलानी बस्ने २० वर्षीय सन्जय परियारलाई पनि बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। परियारलाई पनि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उता जानकी गाउँपालिका-१ दुर्गौली स्थित सडकखण्डबाट ४२० मिलिग्राम खैरो हेरोईन सहित सोही ठाउँ बस्ने २१ वर्षीय रेशम चौधरीलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ। चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...