बैतडीबाट भन्सार छलीका सामान बरामद

बैतडी- बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । दशरथचन्द नगरपालिका-४ कल्वारमोड स्थित सडक किनारबाट र दशरथचन्द-१० केदारमाण्डौबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४७ हजार ४०० मूल्यको चिनी, तेल, मिठाई, दाल, मिश्री, नमकिन, सुपारी, चक्लेट, कफि लगायतका सामान शुक्रवार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उक्त सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...