माटोको ढिस्कोले च्यापिएर एक को मृत्यु

Dadeldhura hospital

बाजुरा- बाजुरामा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका-६ काप्रीमा घरको जग खन्ने क्रममा एक्कासी माथिबाट माटोको ढिस्को आएर एक जनाको मृत्यु भएको हो ।

आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा कालिकोटको पलाता गाउँपालिका-२ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...