पाटनमा संगठन विस्तार गर्दै रास्वपा

बैतडी- बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार अभियान थालेको छ । संगठन बिस्तार को क्रममा पाटन नगरपालिकाका वडाहरुमा पनि संगठन विस्तार अभियान सञ्चालनमा रहेको रास्वपा का नगर सभापति इ- हेमन्त कुमार ऐरले बताएका छन ।

Dadeldhura hospital

भौतिक उपस्थिती र अनलाइन माध्यम दुवै तरीकाले संगठन विस्तार अभियान सञ्चालनमा रहेको सभापति ऐरले बताए । देशको व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नहुँदा युवाहरु विदेश पलायन भएको हुदा गाउ युवा बिहिन रहेको उनले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

सोमबार रास्वपाले पाटन नगरपालिका वडा नं १ मा वडा कमिट गठन गरेको छ । केशव भट्टराईको संयोजकत्वमा वडा संयोजक कमिटि गठन गरिएको हो । नगर सभापति ऐरको उपस्थितिमा वडा कमिटि गठन गरिएको र नगरका १० ओटै वडामा समिति विस्तार गरिने सभापति ऐरले बताए ।

गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनमा मुलुकको चौथो ठुलो राजनीतिक दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको थियो । पाटनमा नगर संगठन विस्तारको क्रममा रहेको रास्वपामा दैनिक सदस्य जोडिने क्रम रहेको छ । सुसासन र समृद्धिको लागि देशब्यापी रुपमा संगठन बिस्तारलाई तिब्रता दिइएको छ ।

Loading...