वन्यजन्तु तस्करीको आरोपमा दुई जना पक्राउ





कञ्चनपुर, ३० असार- कञ्चनपुरमा तस्करी गर्ने उद्देश्यले वन्युजन्तु मारेको आरोपमा दुईजना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुर क्षेत्रबाट सुन गोहोरो जस्तो देखिने वन्यजन्तु मारेर ल्याइरहेको अवस्थामा सव डिभिजवन वन कार्यालय पिपरैयाले दुुई जनालाई पक्राउ गरेको हो ।


सब वन डिभिजन वन कार्यालयका रेन्जर महेश सिहले विशेष सूचनाका आधारमा कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुरका र्बिबु राना र सुरेश रावतलाई पक्राउ गरिएको जानकारी दिए । निजदुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सव डिभिजन वन कार्यालयले जनाएको छ ।



