दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात

Dadeldhura hospital

बैतडी- बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा बिहीवार दिउँसो देखि हिमपात भएको हो । राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थड लगायत स्थानमा हिमपात भएको छ।

Ganyapdhura gau

हिमपातका कारण केहिबेर ती राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो। यसैबिच हिमपात भएसँगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन्।हिमपातपछि चिसो भने ह्वात्तै बढेको छ। बैतडीमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो। यस अघि गत माघ तेस्रो साता हिमपात भएको थियो।

Loading...