गोदावरी-९ को खुटिया नदीमा ३ करोड लागतमा तटबन्ध निर्माण सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरी स्थीत खुटिया नदीमा ३ करोड लागतमा तटबन्ध निर्माण सुरु गरिएको छ । अन्र्तराष्ट्रिय गैरसरकारी सँस्था युएसएआइडीको सहयोगमा तयार नेपालले खुटिया खोला बाढी जोखिम न्युनीकरण कार्यक्रम अन्र्तगत ३ करोड (भ्याट सहित) लागतमा तटबन्ध निर्माण सुरु गरेको हो ।

तटबन्धको सोमबार गोदावरी नगरपािलकाका नगर प्रमुख बिरेन्द्र भट्टले शिलान्यास गरेका छन् । खुटिया नदीले हरेक वर्षातका बेला गोदावरी नगरपालिकाका वडा नम्बर ८ र ९ मा बढी क्षति पुर्याउँदै आएको छ । सेहरीकी स्थानीय पार्वती देवी खत्रीले तटबन्ध निर्माण सुरु गरिएसँगै खेतबारी तथा बस्ती जोगिने भन्दै खुसी व्यक्त गरीन् ।

Navadurga sun

उनले निर्माण हुन लागेको तटबन्धले सेहरी लगायत अन्य गाउँहरुको समेत जमिन कटान रोक्ने र दर्जनौँ स्थानीय डुबानबाट सुरक्षित हुने बताईन् । बर्षात् आउनु ५ महिना अगावै खुटिया नदीको उच्च कटान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गर्न लागिएको नगर प्रमुख भट्टले बताएका छन् । निर्माण हुन लागेको तटबन्धले सयौँ किसानको जमिन कटान रोक्ने र दर्जनौँ स्थानीय डुबानबाट सुरक्षित हुने उनले बताए ।

त्यस्तै वडा नम्बर ९ का वडा अध्यक्ष रामलाल रानाले अहिले निर्माण हुने तटबन्धबाट बस्ती तथा उर्वर जमीन कटानीबाट जोगिने बताए । रानाले तटबन्ध निर्माण कार्यलाई थप विस्तार गरिने बताए । “वडाको बजेटले यस्ता कामहरु सम्भव हुँदैन उनले भने,नगर प्रदेश वा यस्तै परियोजनाहरुले सहयोग गर्नुपर्नेहुन्छ,त्यो समन्वयकालागि हामी धेरैतिर धाइरहेका छौँ ।”

युएसएआइडीको तयार नेपाल विपद् जोखीम व्यवस्थापन परियोजना अन्र्तगत रहेको उत्त योजनामा आगामी वैशाख ७ गतेसम्म १६० मिटर लम्बाइ र ३ मिटर उचाइ सहितको तटबन्ध निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...