अपाङ्गता भएका ब्यक्ती राजनीतिक तथा सामाजिक संघसंस्थामा प्रतिनिधित्वबाट बन्चित

धनगढी- अपाङ्गता भएका युवाहरुले राजनीतिक,सामाजिक तथा युवा लक्षित बिभिन्न संघ संस्थामा समावेशिता तथा प्रतिनिधित्व हुन नसकेको बताएका छन्। शुक्रवार धनगढीमा भएको अपाङ्गता भएका व्यक्तिको राजनितीमा समाबेशीता,सहभागिता तथा प्रतिनिधित्व बिषयक अन्तर संवादमा उनीहरुले सो कुरा बताएका हुन्।

Dadeldhura hospital

स्थानिय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वका निम्ति आरक्षणको व्यवस्था गर्नुपर्ने, राजनीतिक दलका संरचनागत तह र जनवर्गीय संगठनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्ने, निर्वाचन आयोगमा राजनितिक दल दर्ता गर्दा पेश गरिने सदस्य संख्यामा अपाङ्गता भएका व्यक्तिहरुको निश्चित प्रतिशत सुनिश्चित हुनुपर्ने उनीहरुको माग छ। नेत्रहिन युवासंघ कैलालीका उपाध्यक्ष मानसिंह बिष्टले अपाङ्गता भएका व्यक्तिको सहभागिता, प्रतिनिधित्व तथा समावेशिता सुनिश्चित गर्न राजनितिक दलहरूबाट अपेक्षित भूमिका रहनुपर्ने बताए।

Navadurga sun
Godawari sandesh

यस्तै नेत्रहिन युवासंघ नेपालका केन्द्रीय महासचिब अर्जुन रावलले प्रदेशमा राजनीति तथा निति निर्माण तह, सामाजिक संस्थान, नागरिक समाज एवम् गैरसरकारी संस्था र युवा लक्षित संस्थामा अपाङ्गता भएका युवाको समावेशिता तथा प्रतिनिधित्व अभिवृद्धि गराउने तर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए। प्रदेशमा अपाङ्गता भएकाहरुको एक दमै जटिल समस्या रहकाले त्यस्कालागी आफुहरु संसदमा आवाज उठाउने सांसदहरुले प्रतिबद्धता जनाएका छन्।

Loading...