कञ्चनपुरमा ७० किलो बोईलर कुखुरा बरामद

कञ्चनपुर- कञ्चनपुरमा ७० किलो बोईलर कुखुरा बरामद गरिएको छ। बेलौरी नगरपालिका-१ भुपु सैनिक टोलबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २१ हजार मूल्यका ७० किलो बोईलर कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Dadeldhura hospital

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरबाट १५ हजार मूल्यको प्याज, चिनी, आयुर्बेदिक औषधी बरामद गरेको प्रहरीले बताएको छ। बरामद गरिएका बोईलर कुखुरालाई आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको प्रहरीले जनाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ७० हजार ४४० मूल्यको प्याज, चिनी, मिठाई, मिश्री, गुड, चप्पल, चना, नरिवल, सरफ, सुट, कुर्ती लगायतका सामान बिहीवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...