कृष्णपुरमा ‘देवी’ आएकी विद्यार्थीलाई शिक्षकले कुटेपछि…

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ मा रहेको समैजी माध्यामिक विद्यालयका एक विद्यार्थीमाथि सोहि विद्यालयका एक शिक्षकले कुटपिट गरेका छन् ।

Dadeldhura hospital

कक्षा १० मा अध्ययनरत विद्यार्थी एलिसा खड्कामाथि सोही विद्यालयका शिक्षक लोकबहादुर खड्काले कुटपिट गरेका हुन् । उक्त घटना माघ २२ गते (सोमबार) भएको थियो । विद्यालयमा टिफिनको बेला एक्कासि ‘देवी’ काँप्दै एलिसा विद्यालय नजिकै घर भएका शिक्षक लोकबहादुरको घरमा पुगेकी थिइन् । त्यहाँ पुगेपछि एलिसाले काँप्दै मेरो मन्दिर किन भत्काएको भन्न थालेपछि शिक्षक लोक बहादुरले ‘हाक’ (धामी) आएको भन्दै कुटपिट गरेको स्थानीयले बताएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

विद्यार्थीमाथि कुटपिट भएपछि विद्यार्थी आन्दोलित भएका थिए । उनीहरूले घटनालाई थामथुम पार्न नगरपालिका, शिक्षक, प्रहरी सबै लागेको भन्दै मंगलवार नगरपालिका पुगेरै विरोध समेत गरेका थिए । विद्यार्थीलाई सम्झाउने किसिमले शिक्षकले हात उठाएको र घटनाको मेलमिलाप भइसकेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

Loading...