कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

कैलाली- कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३ हजार ८ सय ६० मूल्य बराबरको मिठाई, नरिवल, आन्टि, पास्ता लगायतका सामान आईतवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

उता कञ्चनपुरको पुनर्वास नगरपालिका-४ कोटेश्वर मन्दिर नजिकैबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३२ हजार मूल्य बराबरको सोफा सेट आईतवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Loading...