बझाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

बझाङ- बझाङमा मोटरसाइकल दुर्घटना भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–४ आम्पाटामा विपरित दिशा बाट आईरहेको ट्याक्टरलाई साईड दिनेक्रममा मोटरसाइकल दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा जयपृथ्वी नगरपालिका–३ पडेशका २३ वर्षिय चालक शुशिल खड्का र मोटरसाईकल पछाडी सवार सोहि ठाउँका ३६ वर्षिय किशोर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Dadeldhura hospital

सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका–३ पडेश तर्फ गइरहेको लु ११ प ६४९७ नम्बरको मोटरसाइकलले विपरित दिशा बाट आईरहेको ट्याक्टरलाई साईडदिनेक्रममा सडकबाट करीब १५० मिटर तल सेती नदीमा खसेर दुर्घटना भएको हो।

Navadurga sun
Godawari sandesh

चालक शुशिल खड्काकोे टाउको र किशोर खडकाको अनुहार र खुट्टामा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। घाइते दुवै जनाको जिल्ला अस्पताल सिमखेत उपचार भईरहेको छ।

Loading...