लाइन्स क्लब अफ धनगढी टाउन द्वारा सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान

धनगढी– सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ । एक समारोहबीच लाइन्स क्लब अफ धनगढी टाउनले उक्त मेसिन प्रदान गरेको अध्यक्ष प्रकाश जोशीले बताए ।

लायन्स इन्टर नेशनल डिष्ट्रिक ३२५ का मल्टिपल काउन्सिल चेयरपर्सन (पिएमजेएफ) लायन सि. बि. चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पतालका मेसु डा.शेर बहादुर कमरलाई मेसिन हस्तान्तर गरिएको हो । डा. कमरका अनुसार उक्त मेसिनबाट भिटामिन डि, भिटामिन बी १२, थाइराइडका साथै विभिन्न हार्मोनको टेष्ट गर्न सकिने बताए । उनका अनुसार मेसिनबाट सय वटा जति हार्मोन र भिटामिनको परीक्षण गर्न सकिन्छ । यसले आफूहरूलाई बिरामीको उपचार र रोगको पहिचानमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।

Navadurga sun

सामान्य स्वास्थ्य जाँचका लागि सुदूरपश्चिमका जनताले भारत वा नेपालगञ्ज जानु पर्ने भएकाले उक्त समस्याको हल होस् भन्ने उद्देश्यका साथ आफूहरूले मेसिन प्रदान गरेको अध्यक्ष जोशीको भनाइ छ । आफूहरूको सानो सहयोगबाट सुदूरपश्चिमवासी लाभान्वित हुने उनले विश्वास व्यक्त गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...